शुक्रग्रह

सूर्य देखि दोस्रो ग्रह

शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डल कार्बन्डाईअक्साइड् र बिषालूसल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। हरितगृह प्रभावका कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहाँ जीवित रहने कल्पना समेत् गर्न सकिदैन। यसको वायूमण्डलमा रहेको बाक्लो बादलका कारण यस ग्रहको सतह राडारको सहायताले मात्र पहिल्याउन सकिन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । सूर्यबाट नजिकभएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

शुक्रग्रह ♀
Venus in real color, a nearly uniform pale cream. The planet's disk is about three-quarters illuminated. Almost no variation or detail can be seen in the clouds.
Venus
शुक्रग्रहको वास्तविक रङ्ग
विवरण
उच्चारण /[invalid input: 'en-us-Venus.ogg']ˈvnəs/
विशेषण Venusian or (rarely) Cytherean, Venerean
कक्षपथको विशेषताहरू
युग J2000
अपसूर 108,942,109 km
0.728 231 28 AU
अनुसूर 107,476,259 km
0.718 432 70 AU
अर्ध-मुख्य अक्ष 108,208,930 km
0.723 332 AU
विलक्षणता 0.006 8
कक्षीय अवधि 224.700 69 day
0.615 197 0 yr
1.92 Venus solar day
युटिकाला ५८३.९२ days[१]
औसत कक्षीय गति 35.02 km/s
औसत गति 50.44675°
झुकाव 3.394 71° to Ecliptic
3.86° to Sun’s equator
2.19° to Invariable plane[२]
उदविन्दुरको देशान्तर 76.670 69°
अनुसूरको सिद्धान्त 54.852 29°
उपग्रहहरू None
भौतिक विशेषताहरू
औसत व्यास 6,051.8 ± 1.0 km[३]
0.949 9 Earths
समरुपताको 0[३]
सतहको क्षेत्रफल 4.60×१० km2
0.902 Earths
आयतन 9.38×१०११ km3
0.857 Earths
द्रव्यमान 4.868 5×१०२४ kg
0.815 Earths
औसत घनत्व 5.204 g/cm3
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण 8.87 m/s2
0.904 g
रिहाइ वेग 10.46 km/s
नाक्षचित्र घृर्णनकाल −243.018 5 day
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग ६.५२ किमी/घंटा (१.८१ मी/सेक)
अक्षीय ढाल 177.3°[१]
उत्तर ध्रुवीय विषुबलम्ब 18 h 11 min 2 s
272.76°[४]
उत्तर ध्रुवीय विषुबलम्ब 67.16°
प्रतिफलन अनुपात 0.67 (geometric)[५]
0.90 (Bond)[५]
सहतको तापक्रम न्यून मध्यक सर्वोच्च
Kelvin 735 K[१][९][१०]
Celsius 460 °C
आपात मान brightest −4.9[६][७] (crescent)
−3.8[८] (full)
कौणिक व्यास 9.7"–66.0"[१]
वायुमण्डल
सतहको चाप 93 bar (9.3 MPa)
गठन ~96.5% Carbon dioxide
~3.5% Nitrogen
0.015% Sulfur dioxide
0.007% Argon
0.002% Water vapor
0.001 7% Carbon monoxide
0.001 2% Helium
0.000 7% Neon
trace Carbonyl sulfide
trace Hydrogen chloride
trace Hydrogen fluoride
NASA image of Venus

यस ग्रहलाई अङ्ग्रेजीमा विनस (Venus) भनिन्छ जुन रोमन माया र सुन्दरताकीदेवी विनसको नामबाट राखिएको हो।

शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो वस्तु हो। यसलाई कहिले काहिं प्रात तारा र the "Evening Star" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य लिन्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nssdc
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named meanplane
  3. ३.० ३.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Seidelmann2007
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named iauwg_ccrsps2000
  5. ५.० ५.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named MallamaVenus
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named MallamaSky
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named JPL-Horizons
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ephemeris
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nasa_venus
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named compare