अस्ट्रिया

मध्य युरोपको देश

अस्ट्रिया (जर्मन: Österreich ओस्तेराइख, अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी भियना हो। यसको प्रशासनिक (मुख्य- र राज-) वा कार्यकारी भाषा जर्मन भाषा हो। देशका धेरै हिस्सा आल्प्स पर्वतले ढाकियेको छ। यूरोपीय सङ्घको यस देशको मुद्रा यूरो हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसँग, पूर्वमा स्लोभाकियाहंगेरी सँग, दक्षिणमा स्लोभेनियाइटाली र पश्चिममा स्विट्जरल्यान्डलिश्तेन्श्टाइन सँग जोडिएको छ। यस देशको उद्भव नौऔँ शताब्दी ताका माथिलो र तल्लो हिस्सामा आबादी बढन थाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् ९९६मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि Österreich ओस्तेराइखको रूपमा परिणत भयो। सब भन्दा ठूला शहरहरू भियना, ग्राजलिन्ज हुन्।

Republik Österreich (जर्मन)
Republic of Austria
अस्ट्रिया गणराज्य
अस्ट्रियाको झन्डा
झन्डा
अस्ट्रियाको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: छैन
राष्ट्रिय गान: लान्ड देयर बेयर्गे, लान्ड आम श्ट्रोमे (जर्मन)
("पर्वतको भूमि, नदीहरू छेउको भूमि")
अस्ट्रिया
राजधानी
र सबैभन्दा ठुलो सहर
भियना
आधिकारिक भाषाहरू जर्मन(आधिकारिक)
स्लोभेनियाली;(स्थानीय)
सर्बो~क्रोआट;(स्थानीय)
हंगेरियाली;(स्थानीय)
अष्ट्रियन सङ्केत भाषा;
रैथाने(हरू) अष्ट्रियन
सरकार गणराज्य
अलेक्ज्याण्डर भान डर बेलेन
ब्रिजिट बियरलीन
स्वतन्त्रता
27 जुलाई, 1955 (डची: 1156, अष्ट्रियन साम्राज्य: 1804, पहिलो अष्ट्रियन गणराज्य: 1918−1938, दोस्रो अष्ट्रियन गणराज्य: 1945 देखि)
• पानी (%)
1.3
जनसङ्ख्या
• २००५ अनुमानित
8,206,524 (86औँ)
• २००१ जनगणना
8,032,926
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) २००५ लगत
• जम्मा
$267 बिलियन (35औँ)
• प्रति व्यक्ति
$32,962 (9औँ)
मानव विकास सूचकाङ्क (2003) 0.936
धेरै उच्च · 17औँ
मुद्रा यूरो¹ (EUR)
समय क्षेत्र अन्तर्राष्ट्रिय प्रमाणिक समय+1 (CET)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (CEST)
टेलिफोन कोड 43
इन्टरनेट डोमेन .at

यहाँ नौ सङ्घीय राज्यहरू छन्। ती हुन् - भियना (सदरमुकामः भियना), उपल्लो अस्ट्रिया (सदरमुकामः लिन्ज), तल्लो अस्ट्रिया (सदरमुकामः सेन्क्ट् प्योल्टन), बुर्गेनलान्ड (सदरमुकामः आइजेनश्टाट), फोरार्लबेयर्ग (सदरमुकामः ब्रेगेन्च), टिरोल (सदरमुकामः इन्सब्रुक), साल्जबेयर्ग (सदरमुकामः साल्जबेयर्ग), केयर्नतेन (सदरमुकामः क्लागेनफुर्त) र स्टायरमार्क (सदरमुकामः ग्राज)।

अस्ट्रिया वोल्फग्यांग अमाडियस मोजार्ट, योहान श्त्राउस र लुड्भिग भान बीथोवन जस्ता पश्चिमेली शास्त्रीय संगीतका दिग्गजहरूको जन्मस्थान हो। मनोविज्ञानका पिता मानिने सिग्मुण्ड फ्रोयड तथा हलिवुडका एक्शन चलचित्रका महान् स्टार आर्नोल्ड श्वार्चेनेगर (हाल अमेरिकी नागरिक) लगायत अरू धेरै प्रसिद्ध व्यक्तिहरू अस्ट्रियामाका नै उपज थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्