डेन्युब नदी (अङ्ग्रेजी: Danube, जर्मनेली: Donau) मध्य युरोपको एक नदी हो। यो नदी जर्मनीको कालो वनको पहाडस्थित दोनाउएसिगन बाट सुरु हुन्छ र दक्षिण-पूर्वतर्फ बग्छ। कुल २,८७२ किमी (१,७८५ माइल) लामो यो नदी पाँच मध्य र पूर्वी युरोपेली देशको राजधानी भएर बग्ने गर्दछ र अन्त्यमा युक्रेनरोमानियामा नदीमुख बनाएर कृष्ण सागरमा मिसिन्छ।

डेन्युब नदी
डेन्युब नदी, बुडापेस्ट
Course of the Danube, marked in red
स्थान
देशहरु
सहरहरु
भौतिक विषेशताहरू
स्रोत Breg
 • स्थान Martinskapelle, Black Forest, जर्मनी
 •  भौगोलिक निर्देशाङ्क ४८°०५′४४″उ॰ ०८°०९′१८″पू॰ / ४८.०९५५६°N ८.१५५००°E / 48.09556; 8.15500
 • उन्नतांस १,०७८ मी (३,५३७ फिट)
दोस्रो स्रोत Brigach
 • स्थान St. Georgen, Black Forest, Germany
 •  भौगोलिक निर्देशाङ्क ४८°०६′२४″उ॰ ०८°१६′५१″पू॰ / ४८.१०६६७°N ८.२८०८३°E / 48.10667; 8.28083
 • उन्नतांस ९४० मी (३,०८० फिट)
स्रोतको सङ्गमस्थल  
 • स्थान Donaueschingen
 •  भौगोलिक निर्देशाङ्क ४७°५७′०३″उ॰ ०८°३१′१३″पू॰ / ४७.९५०८३°N ८.५२०२८°E / 47.95083; 8.52028
मुख डेन्युब डेल्टा
 •  स्थान
रोमानिया
 •  भौगोलिक निर्देशाङ्क
४५°१३′३″उ॰ २९°४५′४१″पू॰ / ४५.२१७५०°N २९.७६१३९°E / 45.21750; 29.76139निर्देशाङ्कहरू: ४५°१३′३″उ॰ २९°४५′४१″पू॰ / ४५.२१७५०°N २९.७६१३९°E / 45.21750; 29.76139
लम्बाइ २,८५० किमी (१,७७० माइल)[१]
जलाधारकाे क्षेत्रफल ८,०१,४६३ किमी (३,०९,४४७ वर्ग माइल)
निकास  
 • स्थान before डेल्टा
 • औसत ७,००० मी3/सेक (२,५०,००० घन फिट/सेक)
निकास  
 • स्थान Passau
30km before town
 • औसत ५८० मी3/सेक (२०,००० घन फिट/सेक)
निकास  
 • स्थान भियना
 • औसत १,९०० मी3/सेक (६७,००० घन फिट/सेक)
निकास  
 • स्थान बुडापेस्ट
 • औसत २,३५० मी3/सेक (८३,००० घन फिट/सेक)
निकास  
 • स्थान बेलग्रेड
 • औसत ५,६०० मी3/सेक (२,००,००० घन फिट/सेक)
युरोपको डेन्युब नदीको जलक्षेत्र नक्सा

डेन्युब नदी जर्मनीमा उत्पत्ति हुन्छ र, अस्ट्रिया, स्लोभाकिया, हङ्गेरी, क्रोएसिया, सर्बिया, बुल्गेरिया, मोल्दोभा, युक्रेनरोमानिया गरि दस राष्ट्र भएर बग्छ वा अन्तर्राष्ट्रिय सीमामा अवस्थित छ। धेरै राष्ट्र भएर बग्ने नदीहरूमा डेन्युब नाइल नदी पछि दोस्रो स्थानमा छ। प्राचीन कालमा यो नदी रोमन साम्राज्यको सीमा भएको कारणले समेत प्रसिद्ध छ। भोल्गापछि डेन्युब नदी युरोपको दोस्रो सबैभन्दा लामो नदी हो।[२]

प्राचीन कालदेखि नै डेन्युब नदी युरोपमा परम्परागत व्यापार मार्गको रूपमा रहेको छ। वर्तमान समयमा यस नदीको कुल लम्बाईको २,४१५ किलोमिटर (१,५०१ माइल) यात्रा गर्न सकिन्छ। यो नदी जलविद्युतखानेपानीको पनि महत्वपूर्ण स्रोत हो।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Danube River", Britannica.com 
  2. Managing and transforming water conflicts वेब्याक मेसिन अभिलेखिकरण २३ सेप्टेम्बर २०१४ मिति, Jerome Delli Priscoli, Aaron T. Wolf, Cambridge University Press, 2009, ISBN 978-0-521-63216-4, ... The Danube River basin is the heart of central Europe and is Europe's second longest river, at a length of 2857 km. The drainage basin drains 817000 km2 including all of Hungary, most of Romania, Austria, Slovenia ...