म्याकार्थरिज्म भनेको विद्रोह वा देशद्रोहको आरोप लगाउने अभ्यास हो, विशेष गरी जब कुनै कुरा साम्यवादसँग सम्बन्धित छ। [१] यो शब्दको उत्पत्ति अमेरिकी सीनेटर जोसेफ म्याकार्थ्रीको नामबाट भएको हो। संयुक्त राज्य अमेरिकाको दोस्रो रेड स्केयर भनेर चिनिने अवधिमा यसको उत्पत्ति भएको थियो जुन १९४० को दशकको अन्तदेखि १९५० को दशकबिचमा रहेको थियो। यसले तीव्र राजनीतिक दमन र अमेरिकी संस्थामा कम्युनिष्ट प्रभावको डर फैलाएको थियो। १९५० को दशकको बीचतिर, म्याकार्थ्यारिज्मको पतन हुन थाल्यो। यसको मुख्य कारण मुख्य न्यायाधीश अर्ल वारेनको  नेतृत्वमा अमेरिकी सर्वोच्च अदालतको विरोध थियो। [२] वारेन अदालतले म्याककार्थिजमको अन्त्य गर्न मद्दत पुर्‍याउने आदेशहरू बनाएको थियो।[३]

१९५०को दशकको अमेरिकी कम्युनिष्ट विरोधी प्रचार, विशेष गरी मनोरन्जन उद्योगलाई सम्बोधन गर्दै

सन्दर्भ सम्पादन गर्नुहोस्

 

  1. "The Cold War Home Front: McCarthyism", AuthenticHistory.com, AuthenticHistory.com, मूलबाट ११ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मे २०१६ 
  2. "Revisiting McCarthyism in the Patriot Act Era", NPR.org (अङ्ग्रेजीमा), मूलबाट २०१९-१०-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१०-२० 
  3. "Watkins v. United States", Oyez (अङ्ग्रेजीमा), मूलबाट २०१९-१०-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१०-२०