फ्रान्सेली भाषा
फ्रान्सेली भाषा (फ्रान्सेली: français [fʁɑ̃sɛ] वा langue française [lɑ̃ɡ fʁɑ̃sɛːz]) भारोपेली भाषा परिवार अन्तर्गत रोमान्स शाखाको भाषा हो। फ्रेन्च विभिन्न महाद्वीपहरूका २९ देशहरूमा औपचारिक भाषा हो। फ्रान्सेली संयुक्त राष्ट्र संघ मा प्रयोग हुने ६ आधिकारिक भाषाहरु मध्ये एक पनि हो। यो मातृभाषाको रूपमा फ्रान्स, क्यानाडा, बेल्जियम, पश्चिमी स्विट्जरल्याण्ड, लक्जमबर्गका केहि भागहरु, अमेरिकाका केहि भागहरु, मोनाको, इटालीको अओस्त घाटी क्षेत्र र युरोप र अफ्रिकाका अन्य विभिन्न समुदायमा बोलिन्छ।
सन् २०१५ मा फ्रान्सेली बोल्ने कुल लगभग जनसंख्या (L2 र आंशिक बोल्ने जनसंख्या सहित) युरोपमा ४०%, उप-सहारी अफ्रिका र हिन्द महासागरमा ३६%, उत्तर अफ्रिका र मध्य पूर्वमा १५%, अमेरिकामा, र एशियामा ८% र ओशिनियामा 1% रहेको थियो। फ्रान्सेली युरोपेली संघमा दोस्रो सबैभन्दा व्यापक रूपमा बोलिने मातृभाषा हो र अन्य युरोपी मातृभाषीहरु मध्ये, लगभग एक-पाँचौंले दोस्रो भाषाको रूपमा फ्रान्सेली बोल्न सक्षम छन्। फ्रान्सेली युरोपेली सङ्घमा दोस्रो सबैभन्दा सिकाइने विदेशी भाषा पनि हो।
अरु रोमान्स भाषाहरु जस्तै यसको उत्पत्ति ल्याटिनबाट भएको हो। फ्रान्सेली आफै भने गल क्षेत्रमा बोलिने ल्याटिन बाट विकसित भएको हो। यसले गर्दा यो गलको मूल केल्टी भाषाहरु जस्तै गली र रोमन साम्राज्य पछिको जर्मेनी फ़्रेङ्क राज्यको फ़्रेङ्कि भाषा बाट प्रभावित भएको छ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Standard French", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ २.० २.१ "The status of French in the world", अन्तिम पहुँच २३ अप्रिल २०१५।