ल्यारी स्याङ्गर

पूर्व प्राध्यापक, विकिपिडियाको सह-संस्थापक, सिटिजेन्डियम र अन्य परियोजनाहरूको संस्थापक

लरेन्स मार्क स्याङ्गर (जन्म जुलाई १६, १९६८) एक अमेरिकी इन्टरनेट परियोजना विकासकर्ता र दार्शनिक हुन् जो अनलाइन विश्वकोश न्युपिडियाका सम्पादक थिए र जिमी वेल्ससँग मिलेर यसको उत्तराधिकारी विकिपिडियाको सह-स्थापना गरेका थिए। स्याङ्गरले 'विकिपिडिया' नाम राखेका थिए र "तटस्थ दृष्टिकोण" र "सबै नियमहरूलाई बेवास्ता गर्ने"[१] नामक नीतिहरू सहित विकिपिडियाका धेरै प्रारम्भिक दिशानिर्देशहरू लेखेका थिए। स्याङ्गरले पछि अन्य विश्वकोषीय परियोजनाहरूमा काम गरेका थिए, जसमा इन्साइक्लोपिडिया अफ अर्थ, सिटिजेन्डियम, र एभरिपिडिया, र गैर-नाफामुखी अमेरिकी राजनीतिक विश्वकोश ब्यालटपिडिया लाई सल्लाह दिएका थिए।[२]

ल्यारी स्याङ्गर
A bespectacled balding man in a blue shirt with the collar unbuttoned looks straight at the viewer.
सन् २००६ मा, ल्यारी स्याङ्गर
जन्म लरेन्स मार्क स्याङ्गर
(1968-07-16) जुलाई १६, १९६८ (उमेर ५५)
बेलभ्यु, वासिङ्टन, संयुक्त राज्य अमेरिका
शिक्षा रिड कलेज (बिए)
ओहायो राज्य विश्वविद्यालय (एमए, विद्यावारिधि)
पेशा इन्टरनेट परियोजना विकासकर्ता, दार्शनिक
चिनारीको कारण सह-संस्थापक न्युपेडिया, सह-संस्थापक विकिपिडिया, र संस्थापक सिटिजेनडियम
सन्तान
वेबसाइट LarrySanger.org

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

लरेन्स मार्क स्याङ्गरको जन्म जुलाई १६, १९६८ मा बेलेभ्यु, वासिङ्टनमा भएको थियो।[३] उनका बुबा गेरी एक समुद्री जीववैज्ञानिक थिए जसले समुद्री पन्छीहरूको अध्ययन गर्दथे र उनकी आमाले बच्चाहरूलाई हुर्काएकी थिइन्।[४] उनी सात वर्षको हुँदा उनको परिवार एन्कोरेज, अलास्कामा बसाइँसराइ गरेका थिए जहाँ उनी हुर्केका थिए।[३] उहाँ सानै उमेरमा दार्शनिक विषयमा रुचि राख्दथे र १६ वर्षको उमेरमा दर्शन सम्बन्धि अध्ययन गर्ने र यसलाई उनको जीवनको काम बनाउने निर्णय गरेका थिए।[५][६][७]

विकिपिडियाको आलोचना सम्पादन गर्नुहोस्

सन् २००२ मा उनको प्रस्थान पछि, स्याङ्गरले विकिपिडियाको यसको नीति र प्रशासकहरू,र विकिमिडिया फाउन्डेसन आलोचना गरेका थिए।[७][८] सन् २०१५ मा, भाइस नामक पत्रिकाले स्याङ्गरलाई "विकिपिडियाको सबैभन्दा मुखर समालोचक" भनेर उल्लेख गरेको थियो।[७]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

फेब्रुअरी २००० मा, जब स्याङ्गरलाई वेल्सले न्युपेडियाको विकास गर्न निमन्त्रणा गरेका थिए र उनी स्यान डिएगो गएका थिए।[९] उनले डिसेम्बर २००१ मा लास भेगासमा विवाह गरेका थिए।[१०] सन् २००५ मा, उनी र उनको श्रीमती डिजिटल युनिभर्सको लागि काम गर्नका लागि सान्ता क्रुज, क्यालिफोर्नियामा सरेका थिए।[११] उनी आफ्नी श्रीमती र दुई छोराहरूसँग बस्छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "विकिपिडिया: RulesToConsider", मूलबाट अप्रिल १६, २००१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०८-२१  वेब्याक मेसिन अभिलेखिकरण २००१-०४-१६ मिति
  2. "About Dr. Larry Sanger", Knowledge Standards Foundation (अङ्ग्रेजीमा), सेप्टेम्बर २४, २०१९, अन्तिम पहुँच जुलाई २३, २०२१ 
  3. ३.० ३.१ Anderson, पृष्ठ 20.
  4. Lydgate, Chris (जुन २०१०), "Deconstructing Wikipedia", Reed Magazine, मूलबाट नोभेम्बर १, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १, २०१३  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १, २०१३ मिति
  5. Roush, Wade (जनवरी १, २००५), "Larry Sanger's Knowledge Free-for-All", Technology Review, अन्तिम पहुँच मार्च २५, २००७ 
  6. Boraas, Alan (सेप्टेम्बर २, २००६), "Hometown kid an Internet revolutionary", Anchorage Daily News], अन्तिम पहुँच मार्च २५, २००७ 
  7. ७.० ७.१ ७.२ Schwartz, Zach (नोभेम्बर ११, २०१५), "Wikipedia's Co-Founder Is Wikipedia's Most Outspoken Critic", Vice, मूलबाट नोभेम्बर १४, २०१५-मा सङ्ग्रहित। 
  8. "Wikipedia founder sets up rival", The Australian, AFP, अक्टोबर १९, २००६, मूलबाट अगस्ट ८, २०१४-मा सङ्ग्रहित। 
  9. Reagle, पृष्ठ 35.
  10. Anderson, पृष्ठ 74.
  11. Lih, पृष्ठ. 210–211.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्